२५ असार २०८३, बिहीबार

तेहरानको आकाश पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

असार २, २०८२
काठमाडौं
तेहरानको आकाश पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

इजरायलले इरानी राजधानी तेहरानको आकाशमा ‘पूर्ण हवाई सञ्चालन नियन्त्रण’ कायम रहेको दाबी गरेको छ । 

इजरायली वायु सेनाले आइतबार राति इरानमा थप आक्रमण गरेको बताएको छ भने इरानी सञ्चारमाध्यमले देशको पश्चिमी क्षेत्रमा सोमबार बिहान नयाँ आक्रमण भएको जनाएका छन् ।

इजरायलमाथि पनि इरानले आइतबार राति क्षेप्यास्त्र प्रहार गरेको थियो, जसका केही ‘आइरन डोम’ सुरक्षा प्रणालीलाई पार गर्दै लक्ष्यमा पुगेका थिए । 

बीबीसीका अनुसार, इजरायलका धेरै नागरिकले देशको हवाई सुरक्षा प्रणाली अभेद्य रहेको विश्वास गरेका थिए, तर अहिले त्यो विश्वासमा धक्का पुगेको छ । 

इरानी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि हालसम्म इजरायली आक्रमणका कारण कम्तीमा २२४ जनाको मृत्यु भएको छ । तर, इरान सरकारको प्रतिबन्धका कारण बीबीसीका पत्रकारहरूले देशभित्रैबाट स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न नपाएका बताइएको छ । 

बीबीसी संवाददाता आजादेह मोशिरीले तेहरानका बासिन्दासँग सम्पर्क गरेकी छन् । तीमध्ये एक महिलाले भनेकी छन्, ‘म दुई दिनदेखि घरबाट निस्केकी छैन । आमा बूढी हुनुहुन्छ, उहाँलाई एक्लै छाड्न डर लाग्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्