०५ साउन २०८३, मंगलबार
बालुवाटार बैठक

सत्तारुढ दुई दलका ८ नेता छलफलमा

असार ४, २०८२
काठमाडौं
सत्तारुढ दुई दलका ८ नेता छलफलमा

 सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका ८ नेताहरू छलफलमा जुटेका हुन् । 

निजामती विधेयकमा समावेश कुलिङ पिरियड, रास्वपाको संसदमा अवरोधका साथै समसामयिक छलफलका लागि ८ नेता जुटेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक र ऊर्जामन्त्री दीपक खड्का सहभागी छन् । 

यस्तै एमालेबाट भने प्रधानमन्त्री र उपप्रधानमन्त्री विष्णु पौडेल सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्