
ग्लोबल आईएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल)बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार ग्लोबल आईएमई बैंकले आईडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान गर्नेछ ।
आईडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले आफ्ना शाखा कार्यालयबाट आईडिया नेपालका सम्पूर्ण सदस्यलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्ने छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंकले मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटीएम बुथ, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।