०७ असार २०८३, आइतबार

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

असार ६, २०८२
काठमाडौं
याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

केही समय अघिमात्रै नेपाली बजारमा प्रवेश गरेको राइड सेयरिङ एप ‘याङ्गो’ले बोनस अफर ल्याएको छ । याङ्गोमा जोडिएका चालकहरूले दैनिक कम्तीमा १६ ट्रिप गरेरमा चार हजार रुपैयाँसम्म कमाउने अफर ल्याएको हो।

याङ्गोमा राइड सेवा गरिरहेका चालकहरूले दैनिक २५०० देखि ३ हजारसम्म कमाउने गरेको बताएका छन् । समय मिलाएर दैनिक १६ ट्रिप पूरा गरेपछि औसत तीनदेखि चार हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनीहरूको भनाइ छ । अब भने कम्पनीले दैनिक १६ ट्रिप पूरा गर्दा चार हजारसम्म कमाउने अफर नै ल्याएको हो । 

राइड सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्‌टी फिचरसमेत ल्याएको छ । 

याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधिहरूलाई स्थानीय समुदायहरू अनुरूप दैनिक सेवाहरूमा रूपान्तरण गर्दछ । 

उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले एक महिनाअघि काठमाडौंमा परीक्षण राइड सेवा शुरू गरेको थियो ।

कमेन्ट गर्नुहोस्