०३ साउन २०८३, आइतबार

आन्तरिक एकता मजबुत भए एमालेलाई बहुमत ल्याउन समस्या छैन : कैलाश ढुंगेल

असार ६, २०८२
काठमाडौं
आन्तरिक एकता मजबुत भए एमालेलाई बहुमत ल्याउन समस्या छैन : कैलाश ढुंगेल

​नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले मिसन ०८४ मा एकल बहुमत ल्याउन पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउनु पर्ने बताएका छन् । 

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ढुंगेलले पार्टीका नेता कार्यकर्ताले जनताका समस्यासँग भिजेर समाधान दिँदा मात्र पार्टीप्रतिको आकर्षण बढ्ने बताए । ‘हामीले हालसम्म जनताका समस्या सुन्यौं मात्र चाहेजस्तो समाधान दिन सकेनौं,’ ढुंगेलले भने, ‘अब समस्या पनि सुनौं समाधान पनि दिऔं ।’

जनताले आश्वासनलाई मात्र विश्वास नगर्ने भएकोले नतिजामा ध्यान दिन उनले आग्रह गरे ।

एमाले र कांग्रेसजस्ता दुई ठूला दलको सरकार किन बन्यो भनेर कार्यकर्ता तहमा अनेक भ्रम र आशंका रहेकोमा वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ ले सो भ्रमलाई चिरेको उनको भनाइ छ ।

पार्टीले गत वर्ष माघदेखि सञ्चालन गरेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियानले बागमती प्रदेशमा उल्लेख्य उपलब्धि हासिल गरेको उनको दाबी छ ।

लामो समयदेखि पार्टी सदस्यता अद्यावधिक, अभिलेख निर्माणमा भएको समस्या पनि अहिले समाधान भएको उहाँको भनाइ छ । ‘माओवादीसँग भएको पार्टी एकताका कारण सदस्यता अद्यावधिकमा थुप्रै समस्या एमालेमा भित्रिएका थिए,’ ढुंगेलले भने, ‘अहिले ति समस्या समाधान भएका छन् । पार्टीका हरेक कुराहरू अद्यावधिक गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्