०६ असार २०८३, शनिबार
देशभर मनसुनी प्रभाव

देशका धेरै ठाउँमा रातभर झरी : दिउँसो ६ प्रदेशमा भारी वर्षाको सम्भावना

असार ७, २०८२
काठमाडौं
देशका धेरै ठाउँमा रातभर झरी : दिउँसो ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशका धेरै ठाउँमा रातभर झरी परेको छ । तर, बिहान भने धेरै ठाउँमा पानी पर्न कम भएको छ । हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ। 

लगातार झरी र ठूलो पानी परेका बेला नदी, खोला र तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएको जेठ १५ गते राति कोशी प्रदेशमा भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको छ । बिहीबारसम्म लुम्बिनीमा अड्किएको मनसुन रातभरमा देशभर फैलिएको हो । 

मनसुनी वर्षा बढ्दै जाँदा विभिन्न प्रकारका प्राकृतिक विपत्तिको जोखिम बढेको छ । अबका दिनमा वर्षाको दर बढ्ने भएकाले त्योसँगै विपत्तिको सम्भावना पनि बढेको हो ।

salt training

कमेन्ट गर्नुहोस्