०४ असार २०८३, बिहीबार

प्रचण्डलाई भेट्न खुमलटार पुगे विप्लव र प्रकाण्ड

असार ७, २०८२
काठमाडौं
प्रचण्डलाई भेट्न खुमलटार पुगे विप्लव र प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

प्रचण्डलाई भेट्न नेताद्वय विप्लव र प्रकाण्ड शनिबार बिहान खुमलटार पुगेका हुन् । 

प्रचण्ड निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको खुपलटार स्रोतले जनाएको छ । उनीहरूबीच आगामी दिनमा सहकार्य गरेर जानेबारे पनि कुरा भएको थियो । 

पछिल्लो समय विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच एकता हुने चर्चासमेत हुँदै आएको छ । दुवै दल समाजवादी मोर्चामा पनि आवद्ध छन् तर, मोर्चा भने निष्क्रियजस्तै छ । 

salt training

कमेन्ट गर्नुहोस्