२९ जेठ २०८३, शुक्रबार

एसीसी यू-१६ इष्ट जोन कप क्रिकेट : सिंगापुरले दियो नेपाललाई १३९ रनको लक्ष्य

असार ८, २०८२
काठमाडौं
एसीसी यू-१६ इष्ट जोन कप क्रिकेट : सिंगापुरले दियो नेपाललाई १३९ रनको लक्ष्य

एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगिताको आइतबार जारी खेलमा नेपालले सिंगापुरबाट जीतका लागि १३९ रनको लक्ष्य पाएको छ । 

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले ३६.१ ओभरमा अलआउट हुनुअघि १३८ रन बनाएको हो । 

सिंगापुरका लागि कप्तान रियान नाइकले अर्धशतकीय पारी खेले । उनले ५३ बलमा नौ चौकाको मद्दतले ५३ रन बनाए । ओपनर आहान भुथन्दमले ३३ बलमा सात चौकाको मद्दतले ३८ रन बनाए ।

ओपनर रोहन अरुनले ११ र प्रानन्द मेदुरीले १२ रन बनाए । सिंगापुरका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपाली टोलीका बलरले प्रारम्भदेखि नै सिंगापुरका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । विपिन प्रसाद शर्मा एक्लैले चार विकेट लिए । कप्तानसमेत रहेका विपिनले १० ओभरमा एक मेडनसहित केवल ३४ रन खर्चिए । 

सचिन भट्टले पनि तीन विकेट हात पारे । उनले ६.१ ओभरमा दुई मेडन राख्दै केवल १८ रन खर्चिए । अभय यादव र शुभम खनालले पनि एक–एक विकेट लिए । सिंगापुरले अतिरिक्त रूपमा पनि ११ रन पायो । 

एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले विपिनको कप्तानीमा टोली घोषणा गरेको थियो । टोलीको उपकप्तानमा सूर्यान्श कोइराला रहेका छन् । 

टोलीमा शिवांश बजगाइँ (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशीलबहादुर सावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् । एसीसी यू–१६ इष्ट जोन कप जुन २० देखि जुलाई ६ तारिखसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्