
काठमाडौँ महानगरपालिका–९, एयरपोर्ट गेट नजिकै वर्षाका कारण रुख ढल्दा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ।
सो स्थानमा पार्किङ गरिराखेको बा ८४ प २४३५ नम्बरको मोटरसाइकलमा समेत रुख ढल्दा क्षति पुगेको थियो। सडक अवरुद्ध भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले राति पौने १ बजे सडक खुलाएको हो।
मोटरसाइकल चालक सकुशल रहेको प्रहरीले जनाएको छ।