
रुपन्देहीको मर्चवारी गाउँपालिका-३ महाराजगञ्जमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीया प्रमिला यादव रहेकी छन् । उनको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित खेतमा पानी लगाउन गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।