०६ असार २०८३, शनिबार

करेन्ट लागेर दुई जनाको मृत्यु

असार ९, २०८२
काठमाडौं
करेन्ट लागेर दुई जनाको मृत्यु

सर्लाही र सिराहामा करेन्ट  लागेर एक/एक जनाको मृत्यु भएको छ । 

सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, सिराहाको गोलबजार नगरपालिका-१३ दुर्गापुर टोल बस्ने ६२ वर्षीय रामपृत पण्डितको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । 

सोही नगरपालिका-१२ बेतौनाको चौरस्थित आफ्नै खेतबारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्