०५ साउन २०८३, मंगलबार
ट्रम्पको खतरापूर्ण कूटनीतिक चाल

ट्रम्पको जोखिमपूर्ण प्रहारले मध्यपूर्वमा '१२ दिने युद्ध' अन्त्य गर्ने ढोका खोलेको हो ?

असार १०, २०८२
काठमाडौं
ट्रम्पको जोखिमपूर्ण प्रहारले मध्यपूर्वमा '१२ दिने युद्ध' अन्त्य गर्ने ढोका खोलेको हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैसाता इजरायल र इरानबीचको चर्किंदो द्वन्द्वमा अमेरिकालाई सामेल गरेर जोखिमपूर्ण कदम चालेका थिए, तर ट्रम्पको उक्त कदम हाललाई सफल सावित हुने देखिएको छ । इजरायल युद्धमा सामेल भएपछि इरानले कतारमा रहेको अमेरिकी सेनाको अड्डामा मिसाइल आक्रमण गरेको थियो । तर, त्यसलगत्तै ट्रम्पले दुई देशबीच युद्धविराममा सहमति भएको घोषणा गरेका छन् । जसले दीर्घकालीन इजरायल-इरान युद्ध दीर्घकालीन शान्तिमा रूपान्तरण हुने उनको अपेक्षा छ ।  

ह्वाइट हाउसका अधिकारीहरूले यसलाई कूटनीतिक सफलता भन्दै प्रचार गरिरहेका छन् । यद्यपि, इजरायल वा इरानले यो सहमति औपचारिक रूपमा पुष्टि गरेका छैनन् र आक्रमण जारी राखेका छन् ।

यदि ट्रम्प आफैंले '१२ दिने युद्ध' भनेर नाम दिएको द्वन्द्व अन्त्य गराउन सफल भएका हुन् भने यो एक ठूलो सफलता हुनेछ । दुई देशबीचको द्वन्द्व क्षेत्रीय स्तरमै फैलिन सक्ने चिन्ताजनक स्थितिमा पुगेका बेला ट्रम्पको घोषणा सही सावित भएमा उनलाई ठूलो राहत मिल्ने छ । 

यसलाई औपचारिक रूपमा युद्धविराम नठानिए पनि दुवै पक्ष तनाव कम गर्ने संकेत गर्दै अगाडि बढिरहेका छन् । 

शनिबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी हितमाथि कुनै इरानी आक्रमण भए त्यसको जबरजस्त जवाफ दिइने चेतावनी दिएका थिए। उनले आवश्यक परे थप लक्षित स्थानहरूमा पनि अमेरिकी प्रहार हुन सक्ने बताएका थिए । ट्रम्पको शनिबारको इरानमाथिको आक्रमण उच्च जोखिमयुक्त रणनीति थियो, तर त्यसको प्रतिफल देखिन थालेकोजस्तो देखिन्छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सोमबारको पछिल्लो आक्रमणमा इरानले अमेरिकी बेसहरूतर्फ जति मिसाइल प्रहार गर्‍यो, त्यो अमेरिकी विमानहरूले शनिबार इरानमाथि फालेको बमको संख्या बराबर थियो।

त्यससँगै इरानले आक्रमणअघि कतारी सरकारलाई जानकारी दिएको कुराको लागि ट्रम्पले आभार प्रकट गरेका थिए- जसले देखाउँछ कि इरान तनावलाई बढाउने नभई सन्तुलन राख्ने प्रयासमा छ।

null

गत सोमबार राति क्यानडामा सम्पन्न जी ७ बैठकबाट फर्कंदै गर्दा विमानमा ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, 'हामीसँग आफ्ना मानिसहरूलाई सुरक्षित राख्न जान्ने सक्षम फौज छ। हाम्रो सेना तयारी अवस्थामा छ।'

हालको अवस्थामा भने ट्रम्प अझै भिडन्त टार्ने उपायतर्फ झुकिएको देखिन्छ र दुवै पक्षले त्यसलाई स्वीकार्न तयारजस्तो देखिन्छ । ट्रम्पको उच्च जोखिमयुक्त आक्रमणले प्रतिफल दिन सक्छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीचको युद्धविरामबारे सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक विज्ञप्ति जारी गरेका छन्।

ट्रम्पले पोस्टमा भनेका छन्, 'इजरायल र इरान लगभग एकैसाथ मकहाँ आए र शान्तिको लागि अपील गरे । मलाई थाहा थियो कि अब शान्तिको समय आएको छ। विश्व र मध्य पूर्व वास्तविक विजेता हुन् !' दुवै देशले भविष्यमा ठूलो प्रेम, शान्ति र समृद्धि देख्ने उनको भनाइ छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्