२६ जेठ २०८३, मंगलबार

तनहुँका स्थानीय तहद्वारा करिब आठ अर्बको बजेट प्रस्तुत, कुन पालिकाको कति ?

असार १०, २०८२
काठमाडौं
तनहुँका स्थानीय तहद्वारा करिब आठ अर्बको बजेट प्रस्तुत, कुन पालिकाको कति ?

तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब रु आठ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन् । जिल्लास्थित नौ स्थानीय तहले आज र एक स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् । 

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी वर्षका लागि रु सात अर्ब ९३ करोड ८१ लाख ४७ हजार आठ सय ५५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । 

व्यास नगरपालिकाले रु एक अर्ब ७५ करोड ८४ लाख १९ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २४ करोड ७६ लाख ३३ हजार नौ सय ६२, भिमाद नगरपालिकाले रु ६३ करोड ७२ लाख ६० हजार तीन सय ६३, भानु नगरपालिकाले रु ८८ करोड ५९ लाख चार हजारको बजेट प्रस्तुत गरेका छन् । 

देवघाट गाउँपालिकाले रु ४७ करोड ७३ लाख ७७ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ६२ करोड आठ लाख २२ हजार ८३, बन्दीपुर गाउँपालिकाले रु ६४ करोड ९० लाख, म्याग्दे गाउँपालिकाले रु ६८ करोड ८६ लाख ३६ हजार, ऋषिङ गाउँपालिकाले रु ५२ करोड ४० लाख ९५ हजार चार सय ४७ र घिरिङ गाउँपालिकाले रु ४५ करोडको बजेट प्रस्तुत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्