०७ असार २०८३, आइतबार

कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा, तटीय बस्तीलाई सतर्कता अपनाउन आग्रह

असार ११, २०८२
काठमाडौं
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा, तटीय बस्तीलाई सतर्कता अपनाउन आग्रह

पछिल्ला तीन घण्टामा कैलाली जिल्लास्थित गर्भा दरबार वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रबाट बग्ने साना खोलाहरूमा बहाव तीव्र हुने सम्भावना रहेकोले तटीय बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विभागले आज बिहान ८:१० बजे जारी गरेको फ्लड अलर्ट (बाढी सूचना) अनुसार, लगातारको वर्षाले साना खोलानाला एक्कासी बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहने भएकोले सावधानीपूर्वक बस्न र आवश्यक परे सुरक्षित स्थानमा सर्ने तयारी राख्न सुझाव दिइएको हो । 

कमेन्ट गर्नुहोस्