०७ असार २०८३, आइतबार

चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फाले : एक जनाको मृत्यु, एक गम्भीर घाइते

असार ११, २०८२
चितवन
चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फाले : एक जनाको मृत्यु, एक गम्भीर घाइते

चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । 

भिरबाट हाम फाल्दा राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । 

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट गर्नुहोस्