०२ साउन २०८३, शनिबार

४० वर्षपछि अन्तरिक्ष यात्रा गर्ने पहिलो भारतीय बने शुभांशु शुक्ला

असार ११, २०८२
काठमाडौं
४० वर्षपछि अन्तरिक्ष यात्रा गर्ने पहिलो भारतीय बने शुभांशु शुक्ला

भारतीय वायु सेनाका समूह कप्तान शुभांशु शुक्ला ४० वर्षपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) यात्रा गर्ने पहिलो भारतीय बनेका छन् । 

उनले स्पेसएक्सको ड्र्यागन विमानमार्फत प्रक्षेपण गरिएको अक्सियम–४ मिसनका लागि अन्तरिक्ष यात्रा गरेका हुन् ।

शुक्ला नेतृत्वको अन्तरिक्षयान बुधबार (२०२५ जुन २५)  दिउँसो १२:०१ बजे सफलतापूर्वक प्रक्षेपण भएको हो । विभिन्न प्राविधिक कारणले पटकपटक स्थगित गरिएको उडान यसपटक सफल भएको हो ।

उत्तर प्रदेशको राजधानी लखनउमा १९८५ अक्टोबर १० मा जन्मिएका शुक्ला हाल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को गगनयान मिसनका लागि छनोटमा परेका चार अन्तरिक्ष यात्रीमध्ये एक हुन् ।

null

भारतीय वायुसेनाको लडाकु स्क्वाड्रनमा २००६ जुनमा नियुक्त भएका शुक्लासँग सु–३० एमकेआई, मिग–२१, मिग–२९, जगुआर, हक, डोर्नियर र एन–३२ जस्ता विभिन्न विमान उडाएको गरी २,००० घण्टाभन्दा बढीको उडान अनुभव छ । उनी अनुभवी युद्ध नेतृत्वकर्ता तथा परीक्षण पाइलट पनि हुन् ।

शुक्लासँगै अमेरिकी अन्तरिक्ष यात्री तथा मिसन कमान्डर पेगी ह्विटसन, पोल्यान्डका स्लावोस उज्नान्स्की विश्वनेव्स्की र हंगेरीका तिबोर कापु अक्सियम–४ मिसनमा सहभागी छन् । यो मिसन भारत, पोल्यान्ड र हंगेरी तीनै देशका लागि अन्तरिक्षमा पुन: उपस्थितिको संकेत हो ।

प्रक्षेपणअघि शुभांशु शुक्लाले आफ्नो मिसनले भारतका युवाहरूलाई प्रेरणा मिल्ने आशा व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यदि मेरो कथाले एक जनाको जीवन परिवर्तन गर्न सके पनि, त्यो मेरो लागि ठूलो सफलता हुनेछ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभांशुलाई बधाई दिएका छन् । उनले शुभांशुसँगै १ अर्ब ४० करोड भारतीयको शुभकामना, आशा र आकांक्षा समेत अन्तरिक्षमा गइरहेको बताएका छन् । मोदीले​शुक्लासहित सम्पूर्ण अन्तरिक्ष यात्रीहरूको सफलताको कामना समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्