०१ साउन २०८३, शुक्रबार

अमेरिकाले इरानमा हमला गरेपछि रुसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य तोड्यो

असार ११, २०८२
काठमाडौं
अमेरिकाले इरानमा हमला गरेपछि रुसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य तोड्यो

इरानको आणविक कार्यक्रममाथि अमेरिकाले आक्रमण गरेपछि रुसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य समाप्त गरेको घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी संयुक्त राष्ट्र संघअन्तर्गतको संस्था हो, जसले विभिन्न देशहरूको आणविक कार्यक्रमको निगरानी गर्छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “इरानको आणविक आधारमा गरिएको आक्रमण अनावश्यक थियो। त्यसको प्रत्यक्ष असरका रूपमा रुसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य अन्त्य गरेको छ।”

उनले थपे, “अहिलेको परिस्थिति निकै गम्भीर छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीजस्तो संस्था माथि अब विश्वास गर्न गाह्रो भयो।”

रुसलाई इरानको सहयोगी देश मानिन्छ। त्यसैले अमेरिकाबाट भएको आक्रमणको उसले आलोचना गरेको हो।

salt training

कमेन्ट गर्नुहोस्