
इरानका रक्षामन्त्री अजिज नासिरजादेह दुई दिने भ्रमणमा बुधबार चीन पुगेका छन् । इजरायलसँगको युद्ध रोकिएसँगै इरानका रक्षामन्त्री चीन पुगेका हुन् ।
इरानी मिडियाका अनुसार नासिरजादेह सांघाई सहयोग संगठन (एससीओ )का सदस्य देशहरूका रक्षामन्त्रीहरूको बैठकमा भाग लिन चीन पुगेका हुन् ।
एससीओ एक क्षेत्रीय सुरक्षा समूह हो, चीन र रूसले यसको नेतृत्व गर्छन् ।
चीन र रूसबाहेक, यसमा भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस समावेश छन् ।