११ असार २०८३, बिहीबार

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका तीन जना बिरामी

असार १३, २०८२
गुल्मी
विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै गुल्मीमा परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि रातिनै उनीहरूलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गएराति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । 

घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । 

उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्