२९ जेठ २०८३, शुक्रबार
देशभर मनसुनी वायुको प्रभाव

चार प्रदेशमा मुसलधारे पानी पर्ने सम्भावना

असार १७, २०८२
काठमाडौं
चार प्रदेशमा मुसलधारे पानी पर्ने सम्भावना

गएराति देशका धेरै ठाउँमा पानी परेको छ । हिजो दिउँसो कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा ठूलो पानी परे पनि राति केही कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ  । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भागका केही स्थानमा तथा अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति पनि कोशी, मधेश, बागमती र गण्डकीका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । 

देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्