१० असार २०८३, बुधबार

मनसुनका १ महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

असार १७, २०८२
काठमाडौं
मनसुनका १ महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
फाइल फोटो

गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् ।

ती घटनामा  ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ ।

समीक्षा अवधिमा एउटा पुलमा क्षति भएको छ भने सात वटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।

यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । 

चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्