
नारायण-बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास क्षेत्रको विनयी खोला पुलमा चाँडै नै गाडी गुडाउने तयारी भएको छ ।
विनयी खोला पुलमा कालोपत्रे गरेर यथासम्भव छिटो पुलबाट नै सवारी सन्चालन गर्ने तयारी रहेको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोला पुलमा अहिले कालोपत्रेको काम भैरहेको छ ।
यसअघि विनयी खोला पुल भाँसिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।
तर, बर्खाको पानीले अस्थायी डाइभर्सन पनि बारम्बार बगाउने गरेपछि यातायात अवरुद्ध भएको थियो ।