२८ असार २०८३, आइतबार

फोन पेसँगको सहकार्यमा कुमारी बैंकले शुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा

असार १८, २०८२
काठमाडौं
फोन पेसँगको सहकार्यमा कुमारी बैंकले शुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा

नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले 'कुमारी भर्चुअल क्रेडिट कार्ड' सेवा शुरू गरेको छ ।​

'फोन पे' पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा शुरू गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने कार्ड हो, जसलाई ग्राहकले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्नेछन् ।

फोनपेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म विनाब्याज (शर्तहरू लागू हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्ने छन् ।

विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

एटीएम, पीओएस तथा ग्रीन पिन सुविधा विस्तार गर्नुका साथै भिसा, मास्टर्ड कार्ड तथा यूपीआई कार्ड स्वीकार्यता देशभरका एटीएम/पीओएसमा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्