१० असार २०८३, बुधबार

कुलिङ पिरियड बोइलिङ पिरियड भयो- कांग्रेस प्रदेश सभापति बलायर

असार १८, २०८२
काठमाडौं
कुलिङ पिरियड बोइलिङ पिरियड भयो- कांग्रेस प्रदेश सभापति बलायर
फाइल फोटो

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले निजामती विधेयकको कुलिङ पिरियड बोइलिङ पिरियड भएको टिप्पणी गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै बलायरले यस्तो बताएका हुन् । ‘यो विषय संसद्‌मा छताछुल्ल भएको छ । कुलिङ त अहिले बोइलिङ पिरियड भएको छ,’ उनले भने, ‘सच्याएर राष्ट्रियसभाबाट पहिले पास गरौं । पास गरेपछि के भएको हो भनेर अनुसन्धान गर्न जरुरी छ ।’

यो विषयबारे कांग्रेसका अरु केन्द्रीय सदस्यले पनि प्रश्न उठाएका छन् । पार्टीभित्रै यस विषयमा गहन छानबिन गर्नुपर्ने विषय उठेको छ ।

जुनसुकै सरकारी कर्मचारी सेवाबाट निवृत्त भएको दुई वर्ष नभई कुनै पनि संवैधानिक र सरकारी नियुक्ति लिन नपाइने विषय राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो ।

तर प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा पुग्दा कुलिङ पिरियडको विषयलाई घुमाउरो हिसाबले हटाइएको छ । जसले राजनीतिक वृत्त गर्माएको छ ।

salt training

कमेन्ट गर्नुहोस्