०२ असार २०८३, मंगलबार

तीन न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

असार २४, २०८२
काठमाडौं
तीन न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका थिए ।​ 

शपथ ग्रहणपश्चात आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हालेका छन् । यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।

परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्