१२ असार २०८३, शुक्रबार

रसुवाको बाढी र पहिरोबाट उत्पन्न परिस्थितिमा संयमित रहन नाडाको आग्रह

असार २४, २०८२
काठमाडौं
रसुवाको बाढी र पहिरोबाट उत्पन्न परिस्थितिमा संयमित रहन नाडाको आग्रह

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवामा आएको बाढी र पहिरोबाट उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह गरेको छ ।​

नाडाका अध्यक्ष करण चौधरीले मंगलबार एक विज्ञप्ति जारी गर्दै बाढीबाट आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेको जनाएको छ ।

'हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्‍याएको छ। यसले भन्सार परिसरमा रहेका निर्माणाधीन सुक्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

विपद्को कठिन घडीमा सम्पूर्ण पीडितहरूप्रति नाडाले गहिरो समवेदना प्रकट गरेको छ । 'आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दर्छौं,' चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्तिमा थप भनेका छन्, 'पीडितहरूको हिम्मत, धैर्यता र पुन:स्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न अनुरोध गर्दछौं ।' 

salt training

कमेन्ट गर्नुहोस्