१० असार २०८३, बुधबार

इन्डिगोको विमानमा चरा ठोक्कियो, पटनामा आपतकालीन अवतरण

असार २५, २०८२
काठमाडौं
इन्डिगोको विमानमा चरा ठोक्कियो, पटनामा आपतकालीन अवतरण

भारतको पटनाबाट दिल्ली जाँदै गरेको इन्डिगोको उडान नम्बर ५००९ मा चरा ठोक्किएपछि आपतकालीन अवतरण गरेको छ । 

१७५ यात्रु सवार विमान पटना विमानस्थलमा सुरक्षित अवतरण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

हाल विमान मर्मत गर्ने प्रयास भइरहेको समाचारमा उल्लेख छ । पाइलटको विवेक र छिटो निर्णयका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको हो । 

उडानका सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित छन्, तर विमान क्षतिग्रस्त भएको दैनिक भास्करले जनाएको छ । 

उडान भर्नेवित्तिकै विमानमा चरा ठोक्किएको थियो। पटना विमानस्थलका अधिकारीहरूका अनुसार, इन्डिगोको उडान बिहान करिब ९:३० बजे दिल्लीका लागि उडेको थियो। 

उडान भरेको केही मिनेटपछि विमान लगभग ३,००० देखि ४,००० फिटको उचाइमा हुँदा चरासँग ठोक्किएको हो । चरा ठोक्किएपछि विमानमा प्राविधिक खराबी आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्