०३ साउन २०८३, आइतबार

गुजरातको महिसागरमा पुल भत्कियो : पाँच सवारी साधन नदीमा खसे, ९ जनाको मृत्यु

असार २५, २०८२
काठमाडौं
गुजरातको महिसागरमा पुल भत्कियो : पाँच सवारी साधन नदीमा खसे, ९ जनाको मृत्यु

भारतको गुजरातस्थित बडोदरामा रहेको महिसागर नदीमा रहेको पुल भत्किँदा ९ जनाको ज्यान गएको छ । ८ जनालाई भने स्थानीय जनताले उद्धार गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए । एउटा ट्याङ्कर भाँचिएको छेउमा अड्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यो ४५ वर्ष पुरानो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोडेको थियो । पुल भत्किँदा भरुच, सुरत, नवसारी, तापी र वलसाड जस्ता दक्षिण गुजरातका शहरहरूबाट सौराष्ट्र पुग्न बढी समय लाग्ने छ। अब यसका लागि अहमदाबाद हुँदै लामो बाटो रोज्नुपर्ने समाचारमा उल्लेख छ । 

पुल भत्किँदा नदीमा खसेका ५ सवारी साधनमध्ये दुई ट्रक पूर्ण रूपमा नदीमा डुबेका थिए । सन् १९८१ मा निर्माण गरिएको पुल १९८५ मा खोलिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्