०१ असार २०८३, सोमबार

राष्ट्रिय अखण्डतामा असर पु-याउने समाचार सम्प्रेषण नगर्न आग्रह

कात्तिक २०, २०७४
राष्ट्रिय अखण्डतामा असर पु-याउने समाचार सम्प्रेषण नगर्न आग्रह


काठमाडौँ, ६ माघ - प्रेस काउन्सिल नेपालले मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र समाजिक सद्भावलाई असर पु¥याउने खालका समाचार सम्प्रेषण नगर्न÷नगराउन सञ्चारमाध्यमलाई सचेत गराएको छ ।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले आज एक विज्ञप्ति जारी गरी मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र समाजिक सद्भावलाई कायम राख्ने मुख्य भूमिका पत्रकारिकता क्षेत्रको रहेको उल्लेख गर्दै त्यसको विपरीत समाचार सम्प्रेषण नगर्न सचेत गराएका हुन् ।

विज्ञप्तिमा उनले केही समययता मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावविरुद्ध केही व्यक्तिको दिएको अभिव्यक्ति र क्रियाकलापलाई सञ्चारमाध्यमले प्रोत्साहित तरिकाले समाचार सम्प्रेषण गरेकाप्रति ध्यानाकर्षण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्