
सर्लाहीको लालबन्दी नगरपालिका-३ मा भएको मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु भएको छ ।
जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक पर्सा गाउँपालिका-६ पर्सा टोल बस्ने ३० वर्षीय हरिन्द्र पासवानको मृत्यु भएको हो ।
मंगलबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पासवानको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम धनुषामा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।