०७ असार २०८३, आइतबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा जागिर खुल्यो

असार २७, २०८२
काठमाडौं
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा जागिर खुल्यो

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा  विभिन्न पदमा भर्ना खुलेको छ । 

शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

जसअनुसार सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा दरखास्त दिन सकिनेछ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।  

कमेन्ट गर्नुहोस्