१० असार २०८३, बुधबार

प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

मंसिर २३, २०७४
प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

काठमाडौं, २३ मंसिर- प्रदेश नम्बर ७ अन्तर्गत पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रतिनिधिसभा तर्फ शेरबहादुर देउवा दोब्बर मतले अगाडि छन् ।  उनका निकटतम प्रत्स्पिर्धी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टभन्दा देउवा दोब्बर मतले अगाडि रहेका हुन । पछिल्लो मतपरिणामअनुसार देउवाले ८ हजार ७ मत पाउँदा भट्टले ४ हजार ६ सय ५५ मत मात्रै प्राप्त गरेका छन् ।  


जिल्लाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका पठानसिंह बोहरा  अगाडि छन् । बोहराले ६ हजार ८ सय ४२ मत पाउँदा कांग्रेस रघुवर भट्ट  ४ हजार ८ सय ७५ मत पाएका छन् । 
यसैगरी डडेल्धुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कर्णबहादुर मल्लले ५ हजार ४ सय १७ मत पाउँदा वाम गठबन्धनका तर्फबाट एमालेका डा.ताराप्रसाद जोशीले ४ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्