१६ असार २०८३, मंगलबार

पूर्वराजाका संवाद सचिव पाठक रिहा

असार २७, २०८२
काठमाडौं
पूर्वराजाका संवाद सचिव पाठक रिहा

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई ‘श्री ५ महाराजधिराज’ भन्ने शब्दावली प्रयोग नगर्ने, फेसबुकबाट यस्ता सन्देश सम्प्रेषण नगर्ने र पहिले पोस्ट गरिएका यस्तै खालका सन्देशहरू डिलिट गर्ने सर्तमा रिहा प्रहरीले रिहा गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पाठकलाई शुक्रबार साँझ ७:४० बजे परिवारको जिम्मामा छोडिएको हो।

उनले प्रहरीसमक्ष कागज गरेर उक्त प्रकारका अभिव्यक्ति नदोहोर्‍याउने प्रतिवद्धता जनाएका छन्। साथै, पूर्वराजालाई 'श्री ५ महाराजधिराज' भनेर उल्लेख गर्ने खालका प्रेस विज्ञप्तिहरू मेट्ने सहमति पनि गरेका छन्।

प्रहरीले उनलाई पछिल्ला सामाजिक सञ्जालमा पोस्ट भएका अभिव्यक्तिको कारण सोधपुछका लागि बोलाएको थियो । जसअनुसार उनी शुक्रबार प्रहरीमा हाजिर भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्