१२ असार २०८३, शुक्रबार

‘केसी समूह’ महाधिवेशनको तयारीमा

असार २९, २०८२
काठमाडौं
‘केसी समूह’ महाधिवेशनको तयारीमा

गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानतः कार्यरत रहेको सो समूहले जनाएको छ । सङ्घले सदस्यता सूचना प्रणाली (एमआइएस) प्रणालीमार्फत सदस्यता वितरण भइरहेको र हालसम्म ७२ हजार सदस्य बनिसकेका जनाएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले लगभग पाँच हजार सदस्यको सदस्यता स्वीकृत हुन बाँकी रहेको बताए । 

अहिले राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मा राष्ट्रिय महाधिवेशन भइरहेको उल्लेख गर्दै अध्यक्ष केसीले हालसम्म १५ एनसिसीको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । 

एनसिसीको अधिवेशनले १२औँ महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने अवगत गराउँदै अध्यक्ष केसीले त्यसका लागि अन्तरराष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति पनि गठन भइसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्