१२ असार २०८३, शुक्रबार

विस्थापनको सँघारमा इन्टरनेट सिकाउने ‘थ्रिजी’

असार ३१, २०८२
काठमाडौं
विस्थापनको सँघारमा इन्टरनेट सिकाउने ‘थ्रिजी’

 मोबाइलमा उच्च गतिको इन्टरनेट सुविधा सुरुवात गरेको दूरसञ्चारको तेस्रो पुस्ता (थर्ड जेनेरेसन) प्रविधि अर्थात् ‘थ्रिजी’ नेपालबाट विस्थापन हुने अवस्थामा पुगेको छ ।

चल्तीको फोरजी प्रविधिमा अत्यधिक लगानी गरेका दूरसञ्चार सेवाप्रदायकले थ्रिजीको लगानी घटाउँदै क्रमशः यो सेवा बन्द गर्ने तयारी गरेका हुन् । 

मोबाइलबाटै पहिलो पटक भिडियो कल, ब्राउजिङ, जिपिएस जस्ता सुविधा दिएको थ्रिजीका प्रयोगकर्ता तीव्र रूपमा घट्दा यो विस्थापनको नजिक देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक वर्षकै अन्तरमा थ्रिजी प्रयोग गर्नेको सङ्ख्या ६५ लाखले घटेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्