
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घुस प्रकरणमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त नगरिएकोमा असन्तुष्टि जनाएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले घुस डिलको विवादमा मन्त्री तानिए पनि प्रधानमन्त्रीले उनीहरूलाई पदबाट हटाउन नसकेकोतर्फ व्यंग्य गरेका हुन् ।
उनले विपक्षी र सत्ता साझेदार आफ्नै पार्टी कांग्रेसलाई पनि निसाना साँधेका छन् । ‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रीपरिषद बैठकमा भाग लिन्छन्,’ यस्तै रहेछ यहाँको चलन भन्दै कोइरालाले फेसबुकमा लेखेका छन्, 'सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएका छौं ।'
गुप्ता कास्की मालपोत कार्यालयका प्रमुख र भूमि आयोगका अध्यक्ष नियुक्तिका लागि चलखेल गरेर घुस लिएकोसम्बन्धी अडियो बाहिर आएपछि विवादमा तानिएका थिए ।