०८ साउन २०८३, शुक्रबार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट तीन अर्ब १९ करोड

असार ३१, २०८२
काठमाडौं
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट तीन अर्ब १९ करोड

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको  १५ औं बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा. पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।

कुलपति ओलीले बेरुजु फर्स्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्