०६ असार २०८३, शनिबार

सूर्यविनायकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

असार ३२, २०८२
काठमाडौं
सूर्यविनायकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका- ५ सिर्जनानगरस्थित सडकमा मंगलबार राति बा ४ ख ४८०१ नम्बरको ​टिपरको ठक्करबाट पैदलयात्री अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।​

उनको नाम, थर र वतन खुलेको छैन ।​ 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्