३१ जेठ २०८३, आइतबार

यूएई जेलमा रहेका १२० नेपालीले पाए आममाफी

असार ३२, २०८२
काठमाडौं
यूएई जेलमा रहेका १२० नेपालीले पाए आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० जना नेपालीलाई आममाफी दिएको छ ।

​​ईद अल–अदाह पर्वको अवसरमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको नेपाली राजदूतावास, अबुधाबीले जनाएको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई बाँकी सजाय मिनाहा गरी आममाफी दिएकोमा ​यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।​​

यूएईमा श्रमिकका रूपमा काम गरिरहेका हजारौं नेपालीहरूमध्ये केही कारागारमा छन् ।

यस्ता अवसरमा दिइने आममाफीले कैदमा परेका नेपालीहरू रिहा हुने गरेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्