१० असार २०८३, बुधबार

एमालेको केन्द्रीय तहमै भए पनि विचौलियाहरूको पार्टी सदस्यता निलम्बन गर्नुपर्छ : बडाल

साउन १, २०८२
काठमाडौं
एमालेको केन्द्रीय तहमै भए पनि विचौलियाहरूको पार्टी सदस्यता निलम्बन गर्नुपर्छ : बडाल

नेकपा (एमाले) निकट अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले विचौलियाहरूको पार्टी सदस्यता निलम्बन गर्नेपर्ने बताएका छन् । 

एमालेका दुई मन्त्रीका एकपछि अर्को घुस काण्ड सार्वजनिक भैरहेका बेला उनले सामाजिक सञ्जालमार्फत् विचौलियाहरू एमालेको केन्द्रीय तहमै भए पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्ने बताएका हुन् । 

मन्त्री पद ठूलो नभई निष्ठा र आदर्श मुख्य कुरो भएको उनको भनाइ छ । 'मन्त्री पद ठूलो होइन मुख्य कुरो निष्ठा र आदर्श हो । विचौलियाहरू नेकपा एमालेको केन्द्रीय तहमै छन् भने पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्छ,' उनले लेखेका छन् । 

घस प्रकरणको अडियो सार्वजनिक भएपछि केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । अहिले फेरि भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ।

salt training

कमेन्ट गर्नुहोस्