१२ असार २०८३, शुक्रबार

महाकाली नदीको बीचमा अड्किएका व्यक्तिको सकुशल उद्धार

साउन १, २०८२
काठमाडौं
महाकाली नदीको बीचमा अड्किएका व्यक्तिको सकुशल उद्धार

दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बाँकेको समशेरगञ्ज, अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसीको बिहीबार सशस्त्र प्रहरीले उद्धार गरेको हो । उनी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेका थिए । 

यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो । 

उद्धार गरिएका केसीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्