१२ साउन २०८३, मंगलबार
देशभर मनसुनी वायुको प्रभाव

वाग्मतीसहित चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी चल्ने

साउन २, २०८२
काठमाडौं
वाग्मतीसहित चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी चल्ने

गएराति देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । हाल बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, वाग्मती, गण्डकी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हुरीको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशीका केही स्थान, मधेश प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

सम्भावित वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्