१० असार २०८३, बुधबार

कडकनाथ कुखुरा पाल्नुस्, बेस्सरी पैसा कमाउनुस्

मंसिर २३, २०७४
कडकनाथ कुखुरा पाल्नुस्, बेस्सरी पैसा कमाउनुस्

काठमाडौं, २३ मंसिर — कालो रंगको कडकनाथ कुखुराको अण्डा ८० रुपैयाँसम्ममा बिक्छ । 

कुखुरी र कुखुराको मूल्य बोइलरको तुलनामा दुईगुणा बढी छ । 

यो कुखुरा आफ्नो स्वाद र स्वास्थ्यका लागि प्रसिद्ध छ । कडकनाथ भारतमा पाइने एक मात्र कालो मासु भएको कुखुरा हो । 

अनुसन्धानअनुसार, यो मासुमा सेतो कुखुराको तुलनामा कम कोलेस्ट्रोल स्तर कम छ । यसमा अमीनो एसिड कम हुन्छ । 

भारतका विभिन्न भागमा यो कुखुरा पाइन्छ । केही जरूरी कुरामा ध्यान दिँदा यसलाई नेपालमा पनि पाल्न सकिन्छ । 

यो कुखुराको मासु र अण्डा महंगो मूल्यमा बिक्छ । भारतको फुटकर बजारमा यो मासुको मूल्य ५ सयदेखि ८ सयसम्म पर्छ । 

अण्डाको मूल्य अनलाइनमा हेर्दा ८० रुपैयाँ पर्छ । 

दक्षिण एसिया गरीबमुखी पशुपालन नीति कार्यक्रमअन्तर्गत गरिएको एक अध्ययनअनुसार, ६ महिनाको देशी कुखुरा भारु ८० देखि ९० रुपैयाँमा बिक्छ । कडकनाथ कुखुराको मूल्य चाहिँ भारु सयदेखि १५० पर्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्