२५ असार २०८३, बिहीबार

पाकिस्तानको पञ्जाबमा भारी वर्षा र बाढी, २४ घण्टामा ६३ जनाको मृत्यु

साउन २, २०८२
काठमाडौं
पाकिस्तानको पञ्जाबमा भारी वर्षा र बाढी, २४ घण्टामा ६३ जनाको मृत्यु

भारी वर्षाका कारण आएको बाढीका कारण पछिल्लो २४ घण्टामा पाकिस्तानको पञ्जाब प्रान्तमा ६३ जनाको मृत्यु भएको छ। 

बाढी पहिरोमा परेर ३०० जना घाइते पनि भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । धेरैजसो मृत्यु लाहोर, फैसलाबाद, ओकारा, साहिवाल, पाकपट्टन र चकवालमा भएको छ । यी क्षेत्रहरूमा १२५ भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन् । 

पाकिस्तान मौसम विभागले पहिले नै देशभर मुसलधारे वर्षाको चेतावनी जारी गरिसकेको छ। रावलपिंडी, चकवाल र वरपरका क्षेत्रहरूमा भारी वर्षाका कारण नदीहरू उर्लिएका छन्।

नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र बिजुलीको तार आदिबाट टाढा रहन सल्लाह दिइएको छ। पानीको सतह निरन्तर बढ्दै गएका कारण रावलपिंडीको गवालमण्डी र कट्टारियन पुलहरूमा बाढीको चेतावनी जारी गरिएको छ। साथै, रावलपिंडीमा बिदा घोषणा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्