१७ असार २०८३, बुधबार

वामदेवबारे घनश्याम– रूखबाट खसालिदियो भने पनि उठेर संकल्प गर्ने नेता

साउन २, २०८२
काठमाडौं
वामदेवबारे घनश्याम– रूखबाट खसालिदियो भने पनि उठेर संकल्प गर्ने नेता

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले वामदेव गौतम नेपालको कम्युनिस्ट पार्टीको जीवन्त आन्दोलन भएको टिप्पणी गरेका छन् । क्रान्तिकारी हुटहुटीको अर्को नाम वामदेव भएको भुसालको भनाइ छ ।

नेकपा एस र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय एकता अभियानको एकता समारोहमा भुसालले गौतमको सक्रियता आफूहरूका लागि प्रेरणाको विषय भएको बताएका हुन् ।

‘वामदेव गौतम जीवित आन्दोलन हो, क्रान्तिका हुटहुटीको नाम हो,’ भुसालले भने, ‘जुनसुकै सन्नाटामा पनि उहाँ सक्रिय हुनुहुन्छ । राजनीतिको रूखबाट खसालिदियो भने पनि जर्याकजुरुक उठेर यसो गर्नुपर्छ भन्ने संकल्प गर्नुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्