१० असार २०८३, बुधबार

हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता

साउन २, २०८२
काठमाडौं
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रूग्ण उद्योग सञ्चालनमा ल्याउन पटक-पटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता गरे ।

उनले सरकारी उद्योग, कलकारखानाको पुनः संरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैं साथमा रहने विश्वास दिलाए ।

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमलगायत ट्रेड युनियनका नेताहरू सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्