
उत्तरी रसुवास्थित आमाछोदिङ्मो गाउँपालिका– ५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् ।
आमा छोदिङ्मो गाउँपालिका– ५ ब्राजमका ४७ वर्षीय सुनाम दोर्जे तामाङ गत बिहीबारदेखि बेपत्ता थिए ।
उनी आज पुरानो तातोपानी सडकबाट करिब चार सय मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।
लडेर मृत्यु भएको भनिए पनि कारणबारे थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो कामदार हराउँदासमेत खोजीमा सालासुङ्गी हाइड्रोपावरले चासो नदिएको मृतकका आफन्तजनको आरोप छ ।