
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराले घातक साम्प्रदायिक द्वन्द्वपछि अल्पसङ्ख्यक समुदायको सुरक्षाका लागि गरेको नयाँ प्रतिबद्धतालाई इजरायलले शनिबार अस्वीकार गरेको छ ।
सिरियाको स्वेइदा उक्त द्वन्द्वका कारण एक सातामा करिब ९४० जनाको मृत्यु भएको थियो ।
विदेशमन्त्री गिदोन सारले एक्समा लेखेका छन्, “अल–शाराको सिरियामा कुर्द, ड्रुज, अलावी वा क्रिश्चियनजस्ता अल्पसङ्ख्यकको सदस्य हुनु निकै खतरनाक छ ।”
उनले भने, “विगत ६ महिनामा यो कुरा पटक–पटक प्रमाणित भएको छ ।”
सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।
यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।