
धनगढी, २३ मंसिर– कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसकी उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले प्रतिस्पर्धीसँग मतान्तर घटाउँदै गएकी छन् ।
कैलाली ५ मा मतगणना शुरु भएदेखि नै वाम गठवन्धनका उम्मेदवार नारदमुनि रानाले अग्रता लिँदै गएका थिए । केही समय अगाडिसम्म वाम गठवन्धनका राना आरजुभन्दा ३ हजार बढी मतले अगाडि थिए ।
मतगणनाको पछिल्लो परिणाममा राना ६६८० मतका साथ अगाडि रहेका छन् ।
उनलाई पछ्याउँदै प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले ६५०५ मत ल्याएकी छिन् ।