१६ असार २०८३, मंगलबार

टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा...

साउन ४, २०८२
दाङ
टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा...

दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । 

लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैं गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए । 

तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्